आइएमई लाइफ इन्स्योरेन्सद्वारा बीमाको साढे ७ लाख भुक्तानी

लमही । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड भालुबाङ शाखाले घातक रोग वापतको बीमा दावी भुक्तानी गरेको छ ।

शाखाले प्यूठानको सरुमरानी गाउँपालिकामा आयोजित कार्यक्रममा प्रस्तावकलाई दावी वापतको रकम हस्तान्तरण गरेको हो ।

कम्पनीले प्रस्तावक ज्ञानेन्द्र पुन मगरलाई बीमा दावी वापतको ७ लाख ५० हजार रुपियाँको चक हस्तान्तरण गरेको कम्पनीले जनाएको छ ।

बीमा दावी भुक्तानी कार्यक्रममा कम्पनीको तर्फबाट लुम्बिनी प्रदेश प्रमुख प्रेमप्रसाद तिमिल्सेना, भालुबाङ शाखाका प्रमुख कमल आचार्य, लमही शाखाका प्रमुख गिरिराज पोख्रेल, प्यूठान शाखाका प्रमुख तीर्थराज पोखरेल, सरुमारानी गाउँपालिकाका उपाध्यक्ष बसन्ता खड्का, गाउँपालिका निमिक्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण आचार्य, एमडीआरटी, सिनियर एजेन्सी म्यानेजर, रेवतप्रसाद खनालल, सरूमारानी गाउँपालिका ३ का वडाध्यक्ष भीमबहादुर मर्साङ्गी लगायतको उपस्थिति रहेको थियो ।

प्रस्तावक ज्ञानेन्द्र पुन मगरले छोरा अनुपम पुन मगरको २०८० वैशाख २५ गते ७ लाख ५० हजार बीमाङ्क वाफत वार्षिक २ किस्ता बराबरको रुपियाँ भुक्तानी गरेका थिए ।

कार्यक्रम आईएमई लाईफ प्यूठानका शाखा प्रमुखको संचालन लमही शाखा प्रमुख स्वागत मन्तव्य भालुबाङ शाखा प्रमुखले बीमा जागरण र प्रदेश प्रमुख प्रेमप्रसाद तिमिल्सेनाबाट बीमा महत्व विषयमा धारणा राखेका थिए ।

Published : Wednesday, 2024 September 11, 8:10 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया