माओवादीको कथित जनयुद्धमा १७ हजारको ज्यान गयो, अहिले हिंसा शब्दमा सुन्नै नचाहने

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले अबरोधको चेतावनी दिएपछि प्रतिनिधि सभाको बैठक सूचना टाँस गरेर स्थगित भएको छ ।

माओवादी हिंसा शब्दवली रेकर्डबाट हटाउनुपर्ने माग राखेर माओवादीले सदन अवरोधको चेतावनी दिएपछि आइतबार बस्ने भनिएको संसद बैठक सूचना टाँस गरेर स्थगित भएको हो ।

संसदको बैठक आइतबार दिउँसो १ बजे बस्ने भनिएको थियो । अर्को बैठक अब सोमबार दिउँसो १ बजे बस्नेछ ।

सहमतिका लागि दलहरूबीच प्रयास भएका थिए । माओवादीले आफ्नो मागबाट टसकोमस नभएपछि बैठक सूचना टाँस गरेर रोक्नु परेको छ ।

माओवादी संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डेले संसदको रेकर्डबाट माओवादी हिंसा भन्ने शब्द नहटेसम्म बैठक चल्न नदिने बताएका छन् ।

एमाले सचिव योगेश भट्टराईले भदौ १२ गते संसदमा बोलेको ‘हिंसा’ शब्द असंसदीय नभएको सभामुखले घोषणा गरेपछि माओवादीले भदौ २६ गते संसद् अवरुद्ध गरेको थियो ।

सोमबारको बैठकमा प्रधानमन्त्री केपी ओलीले सम्बोधन गर्ने तयारी छ । माओवादीले संसदमा रेकर्ड भएको हिंसा शब्द हटाउनु पर्ने सर्त राखेको अन्यौलता भएको छ ।

माओवादीले कथित जनयुद्धका नाममा १७ हजार मासिनले ज्यान गुमाउनु परेको थियो । माओवादीको जनयुद्धलाई राज्यले पहिचान गरेको छ । कथित जनयुद्धलाई सशस्त्र द्वन्द्व भनिएको छ ।

माओवादीले कथित जनयुद्धमा हत्या गरिएका हराजौं मानिस अहिले पनि दुःख पाइरहेका छन् । माओवादीलाई आत्मग्लानी भएर माओवादी हिंसा भन्ने शब्द सुन्न पनि रुचाउँदैन । हिंसा गरेर आएको माओवादीले हिंसा शब्द सुन्नेवित्तिकै रिसाएर उत्पादत गर्दै आएको छ ।

Published : Sunday, 2024 September 15, 4:37 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया