सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा राउत सिफारिस, १८ महिना कार्यकाल

काठमाडौं । संवैधानिक परिषदले वरिष्ठतम न्यायाधीश प्रकाशमान सिंह राउतलाई सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सिफारिस गरेको छ ।

सोमबार बसेको परिषदको बैठकले राउतलाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने निर्णय गरेको हो ।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ असोज १८ गते अवकाश पाउन लागेका छन् । श्रेष्ठपछि दोस्रो वरीयतामा रहेका राउत प्रधानन्यायाधीश नियुक्त भएमा १८ महिना न्यायपालिकाको नेतृत्व गर्नेछन् ।

संवैधानिक परिषदले सिफारिस गरेपछि राउतको संसदीय सुनुवाइ हुनेछ । संसदीय सुनुवाइबाट नाम अनुमोदन भएपछि राष्ट्रपतिले प्रधानन्यायाधीश नियुक्त गर्नेछन् ।

Published : Monday, 2024 September 16, 10:15 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया