लुम्बिनी प्रदेश योजना आयोगको पदाधिकारी नियुक्त, सदस्यमा बुटवलबाट ढकाल

मसुरिया । लुम्बिनी प्रदेश सरकारले प्रदेश योजना आयोगमा रिक्त पदाधिकारी नियुक्त गरेको छ ।

सोमबार देउखुरीको मसुरियामा बसेको लुम्बिनी प्रदेश मन्त्रिपरिषदको बैठकले प्रदेश योजना आयोगको उपाध्यक्षमा गुल्मीको मालिका गाउँपालिका–८ निवासी डा.डिल्लीराज अर्याललाई नियुक्त गर्ने निर्णय गरेको छ ।

आयोगको सदस्यहरूमा रोल्पाको परिवर्तन गाउँपालिका–६ निवासी डा. सुदनकुमार वली, दाङको घोराही उपमहानगरपालिका–१६ निवासी भुवन चौधरी र रुपन्देहीको बुटवल उपमहानगरपालिका–१८ निवासी शान्तादेवी ढकाल नियुक्त भएका छन् ।

प्रदेश सरकारका प्रवक्ता तथा कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री दिनेश पन्थीले दाङको शान्तिनगर गाउँपालिका–४ चिराघाटबाट परिवर्तन गरी सोही गाउँपालिकाको वडा नं. ४ स्थित जुम्लेकुलामा केन्द्र तोक्न नेपाल सरकारमा सिफारिस गरेर पठाउने निर्णय गरेको बताएका छन् ।

गाउँपालिकाको १५औँ गाउँ सभाको दुईतिहाई बहुमतबाट पालिकाको केन्द्र परिवर्तन गर्ने निर्णय पास गरेको थियो ।

गुल्मीको मुसिकोट नगरपालिका र जापानको ओइता प्रिक्याक्चर, बुङ्गोओनो शहरबीच भगिनी सम्बन्ध कायम गर्ने आवश्यक निर्णयका लागी नेपाल सरकार समक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

Published : Monday, 2024 September 16, 11:08 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया