अमेरिकामा मानव तस्करीकाे आराेप लागकी उपसभामुख एवं रास्वपाकी सांसद राना रुसतिर उडिन्

काठमाडौं । अमेरिकामा मानव तस्करी गरेकाे अभियाेग लागेकी उपसभामुख इन्दिरा राना मगर औपचारिक भ्रमणका लागि रुस प्रस्थान गरेकी छिन् ।

रुसको सेन्ट पिटर्सबर्ग सहरमा असोज २ देखि आयोजना हुने कार्यक्रममा भाग लिन उपसभामुख राना फ्लाई दुबईको मंगलबार बिहान ९ बजेको उडानबाट रुस भ्रमणमा गएकी हुन् । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद समेत रहेकी रानाकाे राजीनामा नेपाली कांग्रेस र एमालेले माग गरिरहेका बेला राना रुसतिर हिडेकी हुन् । राना निकै विवादित बनेकी छिन् ।

उपसभामुख राना रुस र स्वतन्त्र राज्यहरुको राष्ट्रमण्डलको अन्तरसंसदीय विधानसभाको आयोजनामा असोज २ देखि ४ गते-सेप्टेम्बर १८–२०सम्म सञ्चालन हुने चौथो युरेसियन महिला फोरममा सहभागी हुने कार्यक्रम छ ।

उनले फोरमलाई सम्बोधन गर्नेछिन् । भ्रमण सकेर उपसभामुख राना असोज ५ गते-सेप्टेम्बर २१ मा स्वदेश फर्कने कार्यक्रम छ ।

Published : Tuesday, 2024 September 17, 12:16 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया