सामाजिक सञ्जालमार्फत अराजक गतिविधि फैल्याउने व्यक्ति पक्राउ

पाठमाडौं । प्रहरीले पर्सा जिल्लाबाट एकजनालाई सामाजिक सञ्जालमा अराजकता फैलाएको अभियोगमा पक्राउ गरेको छ ।

सामाजिक सञ्जालमार्फत समाजमा अराजक गतिविधि फैल्याउने कार्यमा संलग्न रहेको
अभियोगमा वीरगंज महानगरपालिका–१५ लक्ष्मणवा बस्ने २१ वर्षीय ओमकुमार पटेललाई मंगलबार पक्राउ गरेको प्रहरीले विज्ञप्तिमार्फत जनाएको छ ।

फेसबुक, टिकटक, इन्स्ट्राग्राम, ट्विटर, वाह्टस्एप, म्यासेन्जरमा किंग अफ पर्सा भन्ने आईडि मार्फत अपशब्द प्रयोग गर्ने, गाली गर्ने, हातहतियारको प्रदर्शन गरी डर त्रास सृजना गर्ने, अराजक गतिविधि गरी समाजमा द्वन्दको श्रृजना गर्ने जस्ता असामाजिक र अनैतिक क्रियाकलापमा सलंग्न पटेललाई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले वीरगंज महानगरपालिका–१५ प्रतिमाचोक नजिकबाट पक्राउ गरेको हो ।

प्रहरीले उनीविरूद्ध सार्वजनिक शान्ति विरूद्धको कसूरमा थप अनुसन्धान गर्नुको साथै यस्ता गतिविधिमा सलंग्न अन्य व्यक्तिहरूको समेत खोजी गरिरहेको छ ।

Published : Tuesday, 2024 September 17, 7:46 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया