बागमती सरकारले खेल क्षेत्रलाई महत्वपूर्ण रुपमा लिएको छ : मुख्यमन्त्री लामा

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले खेलकुद क्षेत्रको विकासमा प्रदेश सरकारले गम्भीरतापूर्वक काम गर्ने बताएका छन् ।

मंगलबार हेटौंडा उपमहानगरपालिका–४ स्थित हुप्रचौरमा भलिबल प्रतियोगिता उद्घाटन गर्दै लामाले खेल र खेलाडीको हितमा प्रदेश सरकारले काम गर्ने बताए ।

उनले भने, ‘खेल र खेलाडीले नै राष्ट्रलाई चिनाउँछ । प्रदेश सरकारले यसलाई गहनरुपमा लिएको छ ।’

उनले भने, ‘खेललाई कसरी विकास गर्ने, खेलमार्फत प्रदेश र राष्ट्र चिनाउने वातावरण बनाउनेतर्फ हामी केन्द्रित छौं ।’

मुख्यमन्त्री लामाले प्रदेश सरकारले खेल क्षेत्रलाई अति नै महत्वपूर्ण क्षेत्रको रुपमा लिएको बताएका छन् ।

‘समग्र खेल क्षेत्रको विकासका लागि खेलकुद विकास मन्त्रालय र प्रदेश खेलकुद विकास परिषद् र सरकार एकआपसमा समन्वय गरेर अगाडि बढ्नेछ’, मुख्यमन्त्री लामाले भने ।

Published : Wednesday, 2024 September 18, 1:36 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया