सहकारी ठग काण्डमा कारबाही सिफारिस भएपछि लामिछाने बरबराउन थाले, प्रतिवेदनको अपब्याख्या

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने सहकारीको रकम अपचलन र ठगी काण्डमा कारबाही सिफारिसमा परेपछि निकै तनाबमा परेका छन् ।

पूर्वगृहमन्त्री समेत रहेका लामिछानेले सूर्यबहादुर थापा क्षेत्रीको समितिले बुझाएको प्रतिवेदनपछि असन्तुलित अभिव्यक्तिहरू दिइरहेका छन् । रास्वपाका केही नेताहरूले लामिछानेको झिनो स्वरमा बचाउ गरिरहेका छन् । लामिछानेका समर्थकहरू तनाबमा परेका छन् ।

समितिले गोर्खा मिडिया नेटवर्क प्रलिका तत्कालीन प्रबन्ध निर्देशक लामिछानेसहित ४ जनालाई दोषी ठहर गर्दै कारबाही सिफारिस गरेको छ । समितिको कारबाही सिफारिसलाई लामिछानेले बङ्ग्याएर आफ्नो बचाउन गर्न थालेका छन् । जुन दिन सहकारीको रकम अपचलन र ठगी काण्डमा जेल पर्नेछन् त्यस दिन लामिछानेले बल्ल आफ्नो औकात थाहा पाउनेछन् ।

सहकारी संस्थामा रहेको बचतकर्ताको रकम अनियमित तवरबाट गोरखा मिडिया नेटवर्क प्रा.लि. को खातामा आइसकेपछि उक्त रकम खर्च गर्ने, गराउने प्रक्रियामा संलग्न रहेको देखिन आएबाट निज सञ्चालकहरू अध्यक्ष गितेन्द्रबाबु राई (जीबी राई) र सदस्य कुमार रम्तेल तथा तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने र सञ्चालक छविलाल जोशी कम्पनीमा साझेदारका रूपमा बहाल रहेको अवधिमा सहकारीबाट कम्पनीमा आएको रकमको हकमा जिम्मेवार रहेको हुँदा प्रचलित कानून बमोजिम कारबाहीका लागि नेपाल सरकारलाई सिफारिस गर्ने विषय प्रतिवेदनमा उल्लेख छ ।

समितिले सहकारी बचत रकम अपचलनमा संलग्न रही फरार रहेका गितेन्द्रबाबु राईसहितका व्यक्तिहरूलाई शीघ्र खोजी गरी कानुनी कारबाहीको दायरामा ल्याउन सरकारलाई निर्देशन दिएको छ ।

समितिले तयार पारेको प्रतिवेदनको सुझाव खण्डमा राईसहित थानबहादुर बुढा मगर सूर्यदर्शन पोखरा, दिनेश रोक्का सहारा चितवन, सागर केसी सुप्रिम बुटवल, तस्वीर खातुन सानो पाइला, वीरगञ्ज र भूपेन्द्र राई स्वर्णलक्ष्मी काठमाडौंलाई शीघ्र खोजी गरी कानूनी दायरामा ल्याउन नेपाल सरकारलाई निर्देशन दिने उल्लेख छ ।

समितिले छानबिनका लागि खोजी गरेर उपस्थित गराइ दिन गृह मन्त्रालयमार्फत नेपाल सरकारलाई निर्देशन गरेका अन्य फरार व्यक्तिहरूलाई अविलम्ब कानुनको दायरामा शीघ्र ल्याई बचत अपचलनमा कारबाही अघि बढाउन सिफारिस गरेको छ ।

Published : Wednesday, 2024 September 18, 2:04 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया