गृह मन्त्रालयद्वारा ३६ जना उपसचिवको सरुवा तथा पदस्थापना, केहीलाई सीडीओको जिम्मेवारी

काठमाडौं । गृह मन्त्रालयले ३६ जना सहसचिव र उपसचिवहरुको सरुवा र पदस्थापना गरेको छभने केही जिल्लामा प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरु बनाएर पठाएको छ ।

गृह मन्त्रालयको बुधबारको निर्णयानुसार राजुप्रसाद पौडेललाई रामेछाप, तुलसीप्रसाद दाहाललाई गृह मन्त्रालय, रोमबहादुर महतलाई डोल्पा, ओमप्रसाद भट्टराईलाई बझाङ, विश्वमणि कुइँकेललाई कसूरजन्य सम्पत्ति व्यवस्थापन विभागमा सरुवा भएको छ ।

मेघनाथ पाध्यालाई बाजुरा, भीमकान्त पौडेललाई गृह मन्त्रालय, मातृका आचार्यलाई मनाङ, विनोदकुमार पोखरेललाई मोरङ, कमलप्रसाद पाण्डेलाई मुगु, टोपेन्द्रबहादुर केसी सुर्खेत, रुद्रप्रसाद न्यौपानेलाई रुकुमपूर्व, माधवप्रसाद शर्मालाई गृह मन्त्रालयमा सरुवा र पदस्थापना भएको छ ।

कखिमराज भुसाललाई गृह मन्त्रालय, नवराज जैसी दैलेख, नारायण पाण्डेयलाई हुम्ला, सुवासकुमार लामिछानेलाई गोरखा, विष्णुप्रसाद भुसललाई मुस्ताङ, जनकराज पन्तलाई गृह मन्त्रालय, वेदनिधि खनाललाई ओखलढुङ्गा, अर्जुन पौडेललाई रसुवामा सरुवा भएको छ ।

रामबहादुर शाहीलाई जुम्ला, घनश्याम न्यौपानेलाई कपिलवस्तु, खडानन्द खत्रीलाई बाँके, सानुबाबु अधिकारीलाई राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभाग, जितबहादुर भण्डारी, पूर्णबहादुर खत्रीलाई कारागार कार्यालय डिल्लीबजार, टेककुमार रेग्मीलाई कारागार व्यवस्थापन विभाग कालिकास्थानमा सरुवा गरेको गृह मन्त्रालयले जनाएको छ ।

कमलराज भण्डारीलाई गृह मन्त्रालय, लालबहादुर गुरुङलाई अर्घाखाँची, सुमनकुमार कार्कीलाई पर्सा, बन्दना केसीलाई जाजरकोट (कामकाजमा गृह मन्त्रालय), धोलकराज ढकाललाई मनकवानपुर, लोकमान श्रेष्ठलाई सुनसरी, नवराज पौडेललाई ईलाका प्रशासन कार्यालय फर्पिङ काठमाडौं र ज्ञाननाथ ढकाललाई सल्यान (कामकाज एनडीआरआरएमए)मा सरुवा र पदस्थापना भएको छ ।

Published : Wednesday, 2024 September 18, 8:43 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया