प्रहरीको महिला टिमलाई काभा वुमन्स भलिबल क्लब च्याम्पियनसिपको उपाधि

काठमाडौं । माल्दिभ्समा काभा वुमन्स भलिबल क्लब च्याम्पियनसिप प्रतियोगिताको उपाधि नेपाल प्रहरीको महिला भलिबल टोलीले हासिल गरेको छ ।

माल्दिभ्समा भदौ ३० गतेदेखि असोज ५ गतेसम्म संचालित प्रतियोगिता सञ्चालन भएको थियो ।

प्रतियोगितामा शनिबार भएको फाइनल खेलमा उज्वेकिस्तानको हुमो क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै नेपाल प्रहरीको महिला भलिबल टोलीले उपाधि हासिल गरेको हो ।

प्रतियोगितामा नेपाल प्रहरीको महिला भलिबल टोलीका उषा भण्डारी उत्कृष्ट आउट साइड हिटर तथा सर्वोत्कृष्ट खेलाडी, सुमित्रा रेग्मी उत्कृष्ट मिडल ब्लकर ट्रायल र शान्तिकला तामाङ उत्कृष्ट लिबेरो घोषित भए ।

Published : Sunday, 2024 September 22, 12:43 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया