कांग्रेसको व्यवसायिक सिप विकास विभागमा सदस्यहरू मनोनयन

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले व्यवसायिक सिप विकास विभागमा १० दश जना सदस्यहरू मनोनयन गरेका छन् ।

आइतबार विभागमा सदस्यहरू मनोनयन गरिएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

विभागकी प्रमुख गंगालक्ष्मी अवालको सिफारिसमा सभापति देउवाले सदस्यहरू मनोनयन गरेका हुन् ।

विभागको सदस्यहरू मनोनयन हुनेहरूमा वीना तामाङ (झापा), कोमलकान्त झा (धनुषा), प्रतिभाअदुवा श्रेष्ठ (भक्तपुर), निशा मल्ल ठकुरी (कास्की) सुनिल श्रेष्ठ (काठमाडौं) रहेका छन् ।

उमाकुमारी थापा (बाँके), फरिन्दा महर्जन (ललितपुर), रमेश केसी (जाजरकोट), सीतादेवी बस्नेत कार्की (काठमाडौं) र प्रमिला जैरू (कञ्चनपुर) सदस्यमा मनोनयन भएका छन् ।

Published : Sunday, 2024 September 22, 5:59 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया