संयुक्त राष्ट्रसंघको महासभा बैठकमा प्रधानमन्त्री ओली र परराष्ट्रमन्त्री डा.राणा सहभागी

काठमाडौं । प्रधानमन्त्री केपी ओली र परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा संयुक्त राष्ट्रसंघको महासभा बैठकमा सहभागी भएका छन् ।

आइतबार अमेरिकाको न्यूयोर्कमा राष्ट्रसंघको भवनमा बसेको महासभा बैठकमा प्रधानमन्त्री ओली, परराष्ट्रमन्त्री डा.राणासहितको प्रतिनिधिमण्डल सहभागी भएको हो ।

महासभामा सबैका लागि थप दिगो, समतामूलक र सुरक्षित भविष्यको निर्माणमा निर्णायक छलफल हुनेछ ।

महासभाको बैठकमा प्रधानमन्त्री ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र मन्त्रालयकी सचिव सेवा लम्सालको पनि उपस्थिति रहेको छ ।

Published : Sunday, 2024 September 22, 7:20 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया