पक्राउ पुर्जी जारी नहुँदै लामिछाने किन यती धेरै डराए ? निकिता च्यापेर पार्टी कार्यालयबाट निर्देशन

काठमाडौं । सहकारीको करोडौं रकम अपचलन र ठगी काण्डमा संसदीय छानविन समितिबाट दोषी ठहर भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति समेत रहेका पूर्वगृहमन्त्री रवि लामिछाने पक्राउ पर्ने डरले निकै चिन्तित बनेका छन् ।

गोर्खा मिडिया नेटवर्क प्रालिका सञ्चालक छविलाल जोशीलाई आइतबार प्रहरीले काठमाडौंमा पक्राउ गरेपछि लामिछाने डराएका हुन् । लामिछानेले पार्टी कार्यालय बनस्थलीमा समर्थक राखेर बसेका छन् ।

पत्नी निकिता पौडेललाई साथमा राखेर सभापति लामिछानेले कार्यकर्ताहरूलाई सम्बोधन समेत गरेका छन् । आफ्नो बचाउमा सबै समय खर्च गरेका लामिछानेले आफूलाई फसाउने प्रयास भइरहेको बताए । उनले आफू सहकारीको रकम अपचलन र ठगीमा संलग्न नरहेको तथा संसदीय समितिले उन्मुक्ति दिएको दाबी गरे ।

प्रहरीले लामिछानेलाई पक्राउ गर्न अदालतबाट पक्राउ पुर्जी जारी गरेको पनि छैन । पक्राउ परिहाल्छु की भनेर लामिछानेले पूर्वतयारी गरेर माहोललाई भड्काउने प्रयास गरेका छन् । सम्बोधनका क्रममा लामिछाने आफैले पक्राउ जारी नभएको बताए । तर, लामिछाने यती धेरै हतास, डराएको र तर्सिएको अवस्थामा छन् की उनको अनुहारले सबै कुरा प्रष्ट देखाएको छ ।

पक्राउ पर्ने डरले तर्सिएर लामिछानेले सरकारविरुद्ध जथाभावी बोलेका छन् । उनले आफ्नो बचाउमा सबै नेता कार्यकर्तालाई काठमाडौंमा जम्मा हुन आदेश पनि दिएका छन् । लामिछानेले चीन भ्रमणमा गएका स्वर्णिम वाग्लेसहितका नेता कार्यकर्तालाई फिर्ता आउने निर्देशन दिएका छन् ।

प्रहरीले तत्काल पक्राउ गर्ने तयारी नगरे पनि डराएका लामिछानेले मिडिया ट्रायल गरेर आफ्नो पक्षमा माहोल बनाउने प्रयास गरेका छन् । उनको यो हत्कण्डले काम गर्ने अवस्था देखिएको छैन । उनलाई सहकारीको रकम ठगी काण्डमा ढिलोचाँडो कारबाही हुने पक्का छ ।

Published : Sunday, 2024 September 22, 10:34 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया