प्रसाईंलाई रास्वपाकी यी महिला केन्द्रीय सदस्यले पक्राउ गराएको खुलासा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की केन्द्रीय सदस्य टीका संग्रैला उर्फ ज्वाला संग्रौलाले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गरेको खुलासा भएको छ ।

आइतबार भक्तपुरस्थित निवासबाट प्रसाईंलाई नेपाल प्रहरीको साइबर व्यूरोको टोलीले पक्राउ गरेको छ । प्रसाईंलाई काठमाडौं जिल्ला अदालतले पक्राउ अनुमति दिएको थियो ।

प्रसाईंसँगै अदालतले पक्राउ अनुमति दिएको दुई युट्युबर बागलुङका जीवन पाण्डे र धादिङका प्रकाशचन्द्र दाहाल पक्राउ परेका छैनन् ।

भक्तपुरबाट पक्राउ परेका प्रसाईंलाई वीर अस्पतालमा ल्याएर स्वास्थ्य परीक्षण गराइएको छ । प्रसाईंलाई हिरासतमा राख्न आइतबार नै अदालतले ३ दिनको अनुमति दिएको छ ।

प्रसाईंले व्यक्तिगत आक्षेप लगाउँदै गाली गलौज गरेपछि केन्द्रीय सदस्य ज्वाला संग्रौलाले प्रहरीको साइबर व्यूरोमा जाहेरी दिएकी छिन् ।

आफ्नो चरित्रहत्या भएको भन्दै उजुरी दिएपछि प्रहरीले प्रसाईंविरुद्ध कारबाही प्रकृया अगाडि बढाएको छ ।

रास्वपाका सभापति रवि लामिछाने निकट संग्रौला रंगभेदी अभिव्यक्ति दिएको भन्दै पक्राउ परिसकेकी महिला हुन् । संग्रौला पनि निकै विवादित महिला हुन् । संग्रौलाले अहिले नारी टीभीमा समेत कार्यक्रम चलाउँछिन् ।

प्रसाईं पक्राउ परेसँगै अब २५ दिनसम्म हिरासतमा राखेर उनीमाथि अनुसन्धान गर्ने बाटो प्रहरीलाई खुलेको छ ।

Published : Sunday, 2024 September 22, 10:53 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया