भारतीय प्रधानमन्त्री मोदीले चाँडै नेपालको भ्रमण गर्नु हुन्छ : परराष्ट्रमन्त्री डा.राणा

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले प्रधानमन्त्री केपी ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भेटवार्ता सौहार्दपूर्ण भएको बताएकी छिन् ।

स्थानीय समयअनुसार न्यूयोर्कमा आइतबार भएको भेटवार्तामा सहभागी डा.राणाले भारतीय प्रधानमन्त्री मोदीले चाँडै नेपालको भ्रमण गर्ने बताएकी छिन् ।

भेटका अवसरमा नेपाल–भारत आपसी चासो र हितका विषयमा कुराकानी भएको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि बताएका छन् ।

मोदीले भने, ‘प्रधानमन्त्री केपी ओलीसँग न्यूयोर्कमा निकै राम्रो भेट भयो। भारत–नेपाल मित्रता धेरै बलियो छ र हामी हाम्रो सम्बन्धलाई अझ गति दिन चाहन्छौं । हाम्रो संवाद ऊर्जा, प्रविधि र व्यापारजस्ता मुद्दाहरूमा केन्द्रित थियो ।’

Published : Monday, 2024 September 23, 8:20 am

फेसबुकबाट तपाईको प्रतिक्रिया