मेगास्टार चिरञ्जीवीको नाममा वर्ल्ड रेकर्ड

मुम्बई । भारतीय फिल्म अभिनेता चिरञ्जीवीको नाम गिनिज वर्ल्ड रेकर्डमा परेको छ ।

४५ वर्षको करियरमा १५६ चलचित्रका ५३७ गीतमा २४ हजार डान्स मूभ प्रस्तुत गरेबापत चिरञ्जीवीले सम्मान पाएका हुन् ।

चिरञ्जीवीलाई अभिनेता आमिर खानले वर्ल्ड रेकर्डको अवार्डबाट सम्मान गरेका छन् । चिरञ्जीवीले आफ्नो फिल्मी करियर १९७९ मा फिल्म ‘पुनाधिरल्लु’बाट शुरु गरेका थिए ।

बापूद्वारा निर्देशित ‘मन वुरी पाण्डाभुलु’ फिल्म चिरञ्जीवीको पहिलो रिलिज भएको थियो । उनले सन् १९८२ मा रिलिज भएको ‘अन्तलो रामय्या भिडिलो कृष्णय्या’ जस्ता हिट फिल्मबाट मुख्य भूमिका निभाउन थालेका थिए ।

सन् १९८३ मा रिलिज भएको फिल्म ‘कैदी’ले चिरञ्जीवीलाई सुपरस्टार बनाएको थियो । चिरञ्जीवीलाई मेगास्टार चिरञ्जीवीको नाम दिइएको थियो ।

Published : Monday, 2024 September 23, 7:04 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया