सभापति देउवाले दिए जितिया पर्वको अवसरमा शुभकामना

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले जितिया पर्वको अवसरमा शुभकामना दिएका छन् ।

मंगलबार शुभकामना सन्देश जारी गर्दै सभापति देउवाले थारु समुदायलाई शुभकामना दिएका हुन् ।

उनले भने, ‘नेपालको तराईमा विशेष गरेर थारू महिलाहरूले निराहर ब्रत बसेर परिवारका सदस्यको स्वास्थ्य तथा दीर्घायुको कामना गर्दै मनाउने जितिया पर्वको अवसरमा सम्पूर्ण थारू महिला दिदीबहिनीहरूमा पार्टी र मेरो व्यक्तिगत तर्फबाट सुख, शान्ति एवं समृद्धिको लागि हार्दिक शुभकामना प्रकट गर्दछु ।’

देउवाले भने, ‘विविधताले भरिएको हाम्रो समाजमा गर्व गर्न लायक अनेकन धार्मिक सांस्कृतिक रीतिरिवाज र परम्पराहरू छन् ।’

‘जसमध्ये जितिया पर्वले जन–जीवनमा गहिरो छाप र विशिष्ट पहिचान बनाएको छ’, देउवाले भने, ‘यो पर्वले सबैको घरपरिवारमा सुख, शान्ति र समृद्धिको वातावरण सिर्जना गर्दै आफ्ना धर्म, संस्कृति, रीतिरिवाज र परम्पराको संरक्षणमा लाग्न र सामाजिक सद्भाव अभिबृद्धि गर्न सबैलाई प्रेरित गर्न सकोस् भन्ने शुभकामना व्यक्त गर्दछु ।’

Published : Tuesday, 2024 September 24, 8:14 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया