परराष्ट्रमन्त्री डा.राणासँग स्पेन सरकारका अध्यक्ष पेड्रोद्वारा भेट

न्यूयोर्क । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवासँग स्पेन सरकारका अध्यक्ष तथा सोसलिस्ट इन्टरनेसनलका अध्यक्ष पेड्रो सान्चेजले भेटवार्ता गरेका छन् ।
अमेरिकाको न्यूयोर्कमा नेपाली समयअनुसार बुधबार भएको भेटवार्तामा दुई मुलुकबीचको सम्बन्धका विषयमा छलफल भएको हो । डा.राणा र अध्यक्ष पेड्रोबीच नेपाल–स्पेनबीचको सम्बन्धलाई अझै प्रगाढ बनाउने विषयमा पनि कुराकानी भएको छ ।
संयुक्त राष्ट्रसंघको महासभाका लागि न्यूयोर्कमा रहेकी परराष्ट्रमन्त्री डा.राणाले कुटनीतिक भेटवार्ताहरू गर्दै आएकी छिन् । डा.राणाले नेपालको विषयमा अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउँदै आएको उनको निजी सचिवालयले जनाएको छ ।
Published : Wednesday, 2024 September 25, 8:37 pm
बिचार/ब्लग

स्ववियु निर्वाचन र स्ववियुमा विद्यार्थी संगठनको महत्व
रोशनराज ढाहाल
सरकार ढल्छ भन्ने हल्ला चलेका बेला कांग्रेसको ९ निर्णय सार्वजनिक
श्यामकुमार घिमिरे, प्रमुख सचेतक, कांग्रेस
फेसबुकबाट तपाईको प्रतिक्रिया