नेपाल एलडीसी समूहबाट बाहिरिदा संयुक्त राष्ट्रसंघको सहयोग चान्छौँ : परराष्ट्रमन्त्री डा.राणा
न्यूयोर्क । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवासँग ‘यूएन ओएचआरएलएलएस’को लागि उच्च प्रतिनिधि सुश्री रबाब फातिले भेट गरेकी छिन् ।
न्यूयोर्कमा बुधबार भएको भेटवार्तामा परराष्ट्रमन्त्री डा.राणाले विशेष परिस्थितिमा देशहरूको हितको रक्षा गर्न रबाबको भूमिकाको प्रशंसा गरेकी छिन् ।
रिकभरी, जलवायु कार्यका लागि दोहा कार्यक्रम कार्यान्वयनको महत्वबारेमा पनि छलफल गरिएको परराष्ट्रमन्त्री डा.राणाको निजी सचिवालयले जनाएको छ ।
सन् २०२६ सम्ममा नेपाल एलडीसी समूहबाट बाहिरिने क्रममा आफूले संयुक्त राष्ट्रसंघको निरन्तर सहयोगको आशा गरेको परराष्ट्रमन्त्री डा.राणाले बताएकी छिन् ।
एलडीसी ग्लोबल कोर्डिनेसन ब्यूरोको अध्यक्षको हैसियतमा नेपालको प्रतिबद्धतालाई पनि परराष्ट्रमन्त्री डा.राणाले जनाएकी छिन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया