प्राकृतिक प्रकोपमा नागरिकहरू परेपछि कांग्रेसद्वारा कोजाग्रत पूर्णिमाको चियापान स्थगित
काठमाडौं । नागरिकहरू प्राकृतिक प्रकोपको चपटेमा परेको भन्दै नेपाली कांग्रेसले कोजाग्रत पूर्णिमाको दिन गर्दै आएको चियापान कार्यक्रम यस पटक नगर्ने निर्णय गरेको छ ।
आइतबार बुढानिलकण्ठस्थित सभापति शेरबहादुर देउवाको निवासमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले चियापान कार्यक्रम यस पटकका लागि स्थगित गर्ने निर्णय गरेको प्रवक्ता डा.प्रकाशशरण महतले बताएका छन् ।
‘कोजाग्रत पूर्णिमाका दिन नियमित रुपले आयोजना गरिंदै आएको चियापान कार्यक्रम, प्राकृतिक विपदका कारण यो वर्षका लागि स्थगित गर्ने निर्णय यो बैठक गर्दछ’, प्रवक्ता डा.महतले भनेका छन् ।
Published : Sunday, 2024 September 29, 3:58 pm
फेसबुकबाट तपाईको प्रतिक्रिया