कास्की कांग्रेसको पर्यटन विशेषज्ञ वृत्तमा सदस्यहरू मनोनयन
पोखरा । नेपाली कांग्रेस कास्कीले विशेषज्ञ वृत्त बनाएको छ । कास्की कांग्रेसलाई आवश्यक राय, सल्लाह तथा सुझाव दिनको लागि निर्माण गरिएको विशेषज्ञ वृत्तमा समाजको विभिन्न क्षेत्रमा विज्ञता हासिल गरेका व्यक्तित्वहरूलाई समेटिएको सभापति किशोरदत्त बरालद्वारा आइतबार जारी विज्ञप्तिमा उल्लेख छ ।
जीवनको महत्वपूर्ण समय, ज्ञान, सिप र अनुभवले खारिएका व्यक्तित्वहरूको उपस्थिति र सक्रियताले कास्की कांग्रेस उर्जाशील बन्ने सभापति बरालले बताएका छन् ।
विगतमा सामाजिक क्षेत्रमा क्रियाशील रही समाजमा सम्मानित जीवन बनाएका उनीहरूको अनुभवले पार्टीमा नयाँ रक्तसंचार गर्ने सभापति बरालले बताए ।
पार्टीले राजनीति, शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि, वातावरण, योजना, उद्योग वाणिज्य, सुशासन, प्रशासन, साहित्य, कला, संगीत क्षेत्रलाई समेटेर विशेषज्ञ वृत्त निर्माण गरेको सभापति बरालले बताएका छन् ।
कास्की कांग्रेसले गठन गरेको पर्यटन विशेषज्ञ वृत्तमा गणेशबहादुर भट्टराई, टीकाराम सापकोटा, संजयकान्त सिग्देल, सोम थापा र दामोदरभक्त थापा रहेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया