कांग्रेस सांसद राणा र मेयर महर्जनद्वारा गोदवारीमा पुनःनिर्माणका लागि पहल शुरु

चापागाउँ । नेपाली कांग्रेसका नेता उदयशम्शेर राणाले गोदावरी ललितपुरस्थित आफ्नो निर्वाचन क्षेत्रमा भएको क्षतिको अवलोकन गर्दै उद्धार र राहतको पहल गरेका छन् ।

आइतबार गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनलगायतका नेता कार्यकर्तासहित बाढी, पहिरोले क्षति पुर्‍याएका स्थानहरूको स्थलगत अवलोकन गरेका हुन् ।

प्रतिनिधि सभाका सांसद समेत रहेका कांग्रेस नेता राणाले उद्धारका लागि सुरक्षा निकायलाई आग्रह समेत गरेका छन् ।

पूर्वअर्थराज्यमन्त्री समेत रहेका राणाले भने, ‘गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनको साथमा नगरपालिकाको विभिन्न वडाहरूमा स्थलगत अवलोकन गर्‍यौं । खानेपानी, मोटरबाटो र भौतिक संरचनाहरूमा निकै क्षति पुगेको छ ।’

‘खानेपानीको समस्या समाधानको लागि र भौतिक संरचना पुनःनिमार्णको लागि आजैदेखि तदारुकताका साथ अगाडि बढका छौं’, सांसद राणाले भने ।

‘तपाईंहरूको समस्या समाधानको लागि स्थानीय जनप्रतिनिधिहरूसंग सम्पर्क गर्नुहुन अनुरोध गर्दछु’, सांसद राणाले भनेका छन् ।
गोदावरी नगरपालिकाका विभिन्न वडाहरूमा बाढी र पहिरोले ठूलो क्षति गरेको छ । ललितपुरमा केही सर्वसाधारणले ज्यान समेत गुमाएका छन् ।

Published : Sunday, 2024 September 29, 7:43 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया