नेपाल-भारत-बंग्लादेशबीच ४० मेगावाट विद्युत बिक्री गर्न त्रिपक्षीय साम्झौता
काठमाडौं । नेपालले भारतपछि बांग्लादेशमा ४० मेगावाट विद्युत् बिक्रीका लागि त्रिपक्षीय सम्झौता गरेको छ ।
बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, बांग्लादेश पावर डेभलपमेन्ट बोर्ड अध्यक्ष मोहमद रिजाउल करिम र भारतको नोडल एजेन्सी एनभीभीएनका प्रमुख कार्यकारी अधिकृत रेणु नाराङले हस्ताक्षर गरेका छन् ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का, बांग्लादेशको वन, वातावरण, जलवायु परिवर्तन तथा जलस्रोतमन्त्री सैयदा रिजवाना हसनको कार्यक्रममा उपस्थिति रहेको थियो ।
प्राधिकरणले भारतीय एजेन्सी एनभीभीएनलाई बिजुली उपलब्ध गराउनेछ । कम्पनीले भारतीय संरचना प्रयोग गरेर बिजुली बांग्लादेश पु¥याउनेछ ।
नेपाल र भारतबीचको पहिलो अन्तरदेशीय प्रसारण लाइन हुँदै विद्युत् निर्यात गर्न लागिएको छ । कुल चार सय केभी क्षमताको प्रसारण लाइनमार्फत पठाइएको बिजुलीको हिसाब मुजफ्फरपुरमा राखिनेछ ।
मुजफ्फरपुरदेखि भारतको प्रसारण लाइनमार्फत (बेहरामपुर–भेडामारा चार सय केभी) बिजुली बांग्लादेश पुग्नेछ ।
प्राधिकरणले २५ मेगावाट क्षमताको त्रिशूली र २२ मेगावाट क्षमताको चिलिमे जलविद्युत् आयोजनाको बिजुली बांग्लादेश निर्यात गर्ने तयारी गरेको छ ।
ती दुवै आयोजनाको बिजुली भारत निर्यातका लागि स्वीकृति पाइसकेकाले पनि सहज भएको छ ।
प्राधिकरणले वर्षायामको पाँच महिना (जुन १५ देखि १५ नोभेम्बरसम्म) बांग्लादेशलाई बिजुली निर्यात गर्नेछ । पूर्ववत् समझदारी अनुसार पाँच महिनामा एक लाख ४४ हजार मेगावाट घण्टा बिजुली निर्यात हुनेछ ।
प्राधिकरणले पाँच वर्षसम्म वर्षायामका ६ महिना ४० मेगावाट बिजुली बांग्लादेशलाई बिक्री गरिने जनाएको छ । प्रतियुनिट आठ रुपियाँ १७ टाका (नौ रुपियाँ ३० पैसा) मा प्राधिकरणले बिजुली बिक्री गर्नेछ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया