दीव्या र विभालाई मिस एण्ड मिसेजको उपाधि

काठमाडौं । ‘मिस एण्ड मिसेज हेरिटेज इन्टरनेशनल नेपाल’ दीव्या पात्रा र विभा बस्नेत घोषित भएका छन् ।

दीव्याले ‘मिस हेरिटेज इन्टरनेशनल नेपाल २०२४’को शीर्ष उपाधि हात पारेकी छिन् । विभाले ‘मिसेज हेरिटेज इन्टरनेशनल नेपाल २०२४’को शीर्ष उपाधि जितेकी छिन् । प्रतियोगितामा ‘मिसेस अर्थ एलिट नेपाल २०२४’को उपाधि भने रोशनी महर्जनले हात पारिन् ।

आइडियल मोडल कलेजमा अध्यायनरत पात्राले आगामी नोभेम्बरमा थाइल्याण्डमा आयोजना हुने ‘मिस हेरिटेज इन्टरनेशनल २०२४’, विभाले नोभेम्बरमा थाइल्याण्डमा आयोजना हुने ‘मिस हेरिटेज इन्टरनेशनल २०२४’ र महर्जनले नोभेम्बरमै फिलिपिन्समा आयोजना हुने ‘मिसेस अर्थ एलिट २०२४’मा नेपालको प्रतिनिधित्व गर्नेछिन् ।

बुधबार अबेर साँझ हेरिटेज गार्डन सानेपामा आयोजित जोय ‘मिस एण्ड मिसेस हेरिटेज इन्टरनेशनल नेपाल २०२४’मा मिसतर्फ आइडियल मोडल कलेजकी जसु महर्जन फष्टरनरअप बनेकी छिन् । पबस कलेजकी प्रत्युषा नेपाली सेकेन्ड रनरअफ घोषित भएकी छिन् ।

मोष्ट ट्यालेन्ट जसु महर्जन, मोष्ट फ्रेड्ली, रोशनी महर्जन, मोष्ट डिसिप्लेन सान्ड्रिया राई, बेष्ट वाक दीव्या पात्रा, बेष्ट पफमर विभा बस्नेत, बेष्ट स्माइल लिली राई, चार्मङ पर्सनालिटी शीतल बल, बेष्ट स्क्रिन प्रत्युषा नेपाली, बेष्ट हेयर रिभिमा बिसुंके, मोष्ट इन्सपाइरिङ गंगा पुरी चँुनिएका छन् ।

Published : Thursday, 2024 October 3, 11:25 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया