गढवामा बिहे गर्छु भनेर बोलाएर ४ जना केटाहरूद्वारा करणी, सबै पक्राउ

मसुरिया । जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले दाङको देउखुरीबाट ४ जना व्यक्तिलाई पक्राउ गरेको छ ।

असोज १६ गते गढवा गाउँपालिका वडा नं. ५ मंघरस्थित होम पाईप बनाउने कम्पनीको खाली घरमा १९ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा ४ जनालाई पक्राउ गरिएको उल्लेख छ ।

पक्राउ पर्नेमा गढवा गाउँपालिका– ५ चैनपुर बस्ने वर्षका १९ को किरण चौधरी, मंघर बस्ने वर्ष २४ का सन्जित चौधरी, वर्ष १९ को धिरज चौधरी र सोही ठाउँमा बस्ने वर्ष २१ को सन्दीप चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

ती महिलालाई सोही ठाउँमा बस्ने वर्ष १९ को किरण चौधरीले फोन गरी विवाहको प्रलोभनमा पारी बोलाई चार जनाले जबरजस्ती करणी गरेको प्रहरीमा जाहेरी परेको छ ।

जाहेरी दरखास्तको आधारमा जबरजस्ती करणीमा संलग्न व्यक्तिहरूलाई असोज १७ गते नियन्त्रणमा लिइएको छ ।

Published : Friday, 2024 October 4, 12:19 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया