नवलपरासीको डुबान र सिंचाईको दीर्घकालीन समाधानका लागि कांग्रेस सांसद विनोद चौधरीको मन्त्रीसँग प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसका सांसद विनोद चौधरीले नवलपरासीमा वर्षेनि हुने डुबान र सिंचाईको समस्या दीर्घकालीन समाधानका लागि सरकारसँग अनुरोध गरेका छन् ।

शुक्रबार सिंहदरबारमा सांसद चौधरीले उर्जा, सिंचाई तथा जलश्रोतमन्त्री दीपक खड्कासँग नवलपरासीको डुबान र सिंचाईको दीघकालीन समस्या समाधान गर्न माग गरेका हुन् । कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका चौधरीले मन्त्री खड्कालाई लिखित रुपमा ध्यानाकर्षण पत्र बुझाएका छन् ।

‘हामीले समस्याको उचित समाधानका लागि सरकारले गर्नुपर्ने कामहरूलाई लिपिबद्ध गरेर सरकारलाई बुझाएका छौं’, सांसद चौधरीले भने ।

‘हरेक वर्ष नवलपरासीका जनताले सधैं एउटै समस्या भोग्नुपर्ने र तर, त्यसको दीर्घकालीन समाधानतर्फ कसैको ध्यान नजाने जुन विगतको प्रवृत्ति थियो, त्यसलाई अन्त्य गर्दै दिगो समाधानका लागि आवश्यक पहल गर्ने मन्त्रीज्यूले प्रतिवद्धता जनाउनुभएको छ’, चौधरीले भने ।

‘म यसका लागि मन्त्री दीपक खड्काज्यूसहित सबैलाई धन्यवाद दिन चाहन्छु’, कांग्रेसका सांसद चौधरीले भने ।

Published : Friday, 2024 October 4, 7:56 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया