नेशनल किड्स अफ दि इयरमा ४ विजेता घोषित

काठमाडौं । छैटौँ ‘नेशनल किड्स अफ दि इयर २०२४’मा सिनियर र जुनियर गरेर एकसाथ ४ विजेता घोषित गरिएको छ ।

बिहीबार राष्ट्रिय नाचघर, काठमाडौंमा राति सम्पन्न प्रतियोगितामा सिनियर केटीतर्फ क्यारिङ दोङ विजेता बनेकी छिन् । केटातर्फ उत्सर्ग भट्टराई विजेता बनेका छन् ।

दोङ एनआइसी एकडेकी कक्षा ५ मा अध्यायनजरत छिन् । भट्टराई ग्यालेक्सी स्कुलमा कक्षा ७ मा अध्यायनरत छन् ।

जुनियर क्याटवरीमा केटीतर्फ प्रान्भी आचार्यले शीर्ष उपाधि चुमेकी छिन् । कोटातर्फ प्रणय मानन्धर विजेता घोषित भएका छन् ।

आचार्य माछापुच्छ«े आभी स्कुल कक्षा ३ मा अध्यायनरत छिन् । मानन्धर रोज बर्ड स्कुल कक्षा २ मा अध्यायनरत छन् । शीर्ष विजेता ४ जानाले नै थाइल्याण्डमा आयोजना हुने अन्तर्राष्ट्रिय प्रतियोगिता इन्टरनेशनल किड्समा सहभागी हुनेछन् ।

विजेता सबैले विभिन्न गिफ्ट ह्याम्परको अलवा होलिडे ट्रिट नेपालको तर्फबाट २५–२५ हजार बराबरको अन्तर्राष्ट्रिय हवाई टिकट सहुलियत समेत प्राप्त गरेका छन् ।

प्रतियोगितामा सिनियर क्याटवरीमा केटातर्फ निशान उलक फष्ट रनरअप र आरोग्य श्रेष्ठ सेकेन्ड रनरअप छाँनिएका छन् ।

केटीतर्फ परिसा सिटौला फष्ट रहनअप र इक्सिता तन्डुकार सेकेन्ड रहनरअप भएका छन् ।

जुनियर क्याटवरीमा केटीतर्फ साइना थापा फष्ट रनरअप, आयुजा चौधरी सेकेन्ड रनरअप भएकी छिन् । केटातर्फ अविग्न डंगोल फष्ट रनरअप र ड्यारियन कुवँर सेकेन्ड रनरअप भएका छन् ।

उपत्यकाको ४५ बढी स्कुलका ६० प्रतियोगीले फाइनल स्पर्धा गरेको प्रतियोगिताको सोफिया महर्जन कार्की पब्लिक स्पिज, स्वस्तिका राजभण्डारीले पुर्सनल डेभबलमेन्ट, अशान्त शर्मा अभिनय, लीजा श्रेष्ठले नृत्य प्रशिक्षक रहेका छन् ।

लीजा श्रेष्ठ आयोजक इभेन्ट बेटर ग्यालेक्सी ईन्टरटेनमेन्टको एमडी हुन् ।

मेमोरी किङ डा.नवल पजियार, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, पर्यटन व्यवसायी रोहित कार्की, फिल्म निर्देशक दीपाश्री निरौला, कलाकार संघका अध्यक्ष मोहन निरौला, अभिनेता गजित बिष्टलगायत अतिथि रहेका थिए । उनीहरूले विजेतालाई पुरस्कार प्रदान गरेका छन् ।

Published : Friday, 2024 October 4, 9:17 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया