ढोरपाटनका कार्यबाहक नगरप्रमुख कायतद्वारा आरक्ष प्रवेशमा शुल्क नलिन र फायरिङ नगर्न आदेश

ढोरपाटन । बागलुङको ढोरपाटन नगरपालिकाले ढोरपाटन शिकार आरक्षभित्र प्रवेश गर्दा स्थानीयसँग शुल्क लिएको भन्दै आपत्ति जनाएको छ ।

शुक्रबार कार्यबाहक नगरप्रमुख धनबहादुर कायतले विज्ञप्ति जारी गरेर ढोरपाटन आरक्ष नगरपालिकाभित्र पर्ने भन्दै नगरबासीलाई आरक्षभित्र प्रवेश गर्दा शुल्क लिएको विषयमा गम्भीर आपत्ति जनाएका हुन् ।

कायतले भने, ‘शिकार आरक्षको कार्यालय ढोरपाटन नगरपालिकाभित्र पर्ने भएकाले र यस नगरपालिकाका नगरबासीहरूलाई ढोरपाटन शिकार आरक्षभित्र प्रवेश गर्दा शुल्क लिइरहेको पाइएको छ ।’

‘रुद्रताल क्षेत्रमा यस नगरपालिकाको अनुमतिविना फाइरिङ अभ्यास सञ्चालन गर्दै आइरहेको हुँदा यस नगरपालिकाभित्रका नगरबासीलाई आरक्षभित्र प्रवेश गर्दा निःशुल्क गरिदिनु हुन र सो रुद्रताल क्षेत्र ढोरपाटन आरक्षबाहिर पर्ने भएकोले उक्त क्षेत्रमा यस नगरपालिकाको अनुमतिविना फाइरिङ अभ्यास नगर्न/नगराउन हुन मिति २०८१ साल असोज १६ गतेको नगर कार्यपालिकाको निर्णयबमोजिम अनुरोध छ’, कार्यबाहक नगरप्रमुख कायतले भनेका छन् ।

ढारपान नगरपालिकाका नगरबासीलाई शिकार आरक्षभित्र प्रवेशमा शुल्क लगाउने कार्य आरक्ष प्रशासनले गरेपछि कार्यबाहक नगरप्रमुख कायतले विरोध गरेका छन् । साथै फायरिङ गरेर सुरक्षाकर्मीले जनतालाई आतंकित बनाएको भन्दै गुनासो आइरहेका बेला नगरपालिकाले फायरिङ नगर्न निर्देशन दिएको छ ।

Published : Saturday, 2024 October 5, 9:24 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया