सभापति देउवाद्वारा कांग्रेसको भ्रातृ संस्था थारु संघमा सदस्यहरू मनोनयन

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल थारू संघको केन्द्रीय तदर्थ कार्यसमितिमा सदस्यहरू मनोनयन गरिएको छ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शिवनारायण महतो ‘गुरौ’को सिफारिसमा सदस्यहरू मनोनयन गरेका हुन् ।

मनोनयन हुने सदस्यहरूमा बुद्धीराम चौधरी (कञ्चनपुर), पुनीराम चौधरी (कञ्चनपुर), रंगबीर चौधरी (कञ्चनपुर), तुलाराम राना (कञ्चनपुर), मदनलाल चौधरी (कञ्चनपुर) रहेका छन् ।

पुरनप्रसाद चौधरी (कैलाली), रामप्रसाद चौधरी (कैलाली), उमा महतो (कैलाली), बिलारु थारु (कैलाली), चन्द्रप्रसाद चौधरी (कैलाली) रहेका छन् ।

सीता चौधरी (कैलाली), लीलाराम थारु (कैलाली), माधव राना (कैलाली) पनि सदस्यमा मनोनयन भएका छन् ।

Published : Sunday, 2024 October 6, 3:20 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया