त्रिभुवन विमानस्थलमा अध्यक्ष गुरुङलाई तरुणहरूद्वारा स्वागत, हङकङका साथीहरूलाई दिए धन्यवाद

काठमाडौं । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङ हङकङमा नेपाली जनसम्पर्क समितिको कार्यक्रमहरूमा सहभागी भएर स्वदेश फर्किएका छन् ।

आइतबार साँझ अध्यक्ष गुरुङ काठमाडौं अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन् । अध्यक्ष गुरुङ र प्रिती श्रेष्ठ गुरुङलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्षमा तरुण दलका केन्द्रीय सदस्यका साथै नेता कार्यकर्ताले स्वागत गरेका छन् ।

अध्यक्ष गुरुङले हङकङमा रहेको नेपाली जनसम्पर्क समितिले नेपाल तरुण दललाई माया र विश्वास गरेर बोलाएर कार्यक्रम गरेको भन्दै आयोजक साथीहरूलाई धन्यावाद दिएका छन् । उनले भने, ‘हङकङमा रहेका नेपाली कांग्रेस समर्थक साथीहरूले निकै राम्रो कार्यक्रम गर्नुभयो । कार्यक्रममा विविध विषयमा कुराकानी र अन्तरक्रिया गर्ने मौका पाएको छु । उहाँहरूको सल्लाह र सुझावलाई आगामी दिनमा कार्यान्वयनमा लैजान सहज हुनेछ ।’

हङकङस्थित नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाली जनसम्पर्क समितिले अध्यक्ष गुरुङ र प्रिती श्रेष्ठ गुरुङ एकहप्ता अगाडि त्यसतर्फ प्रस्थान गरेका थिए ।

हङकङमा रहँदा अध्यक्ष गुरुङले नेपाली जनसम्पर्क समिति हङकङको १३औँ अधिवेशनबाट निर्वाचित पदाधिकारीको पदस्थापना एवं सपथ ग्रहण गराएका थिए ।

सन् २०२४ अक्टोबर १ तारिखको दिन हङकङमा उक्त कार्यक्रम सम्पन भएको हो । शैलेन्द्रसिंह बोगटीको सभापतित्वमा १३औँ अधिवेशनबाट कार्यसमिति निर्वाचित भएका छन् ।

१३औँ अधिवेशनबाट कार्यसमितिको सभापतिमा शैलेन्द्रसिंह बोगटी, उपसभापतिमा ओमराज गुरुङ र ताहिर खान चयन भएका छन् ।

महामन्त्रीमा खुशी लिम्बु र भविन लिम्बु, सह–महामन्त्रीमा किरण थुलुङ र प्रशान्त गुरुङ, कोषध्यक्षमा रामचन्द्र बिक, सह–कोषाध्यक्षमा उपेन्द्र बिक चयन भएको सभापति बोगटीले बताएका छन् ।

समितिको सदस्यहरूमा मिलन गुरुङ, बिकी गुरुङ, समिर गुरुङ, देव श्रेष्ठ, प्रशन गुरुङ र शेशाहाङ राई निर्वाचित भएका छन् ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल तरुण दलको केन्द्रीय अध्यक्ष विद्वान गुरुङले निर्वाचित पदाधिकारीलाई शपथ गराएका हुन् ।

Published : Sunday, 2024 October 6, 10:14 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया