राष्ट्रपति पौडेलसमक्ष मुस्लिम आयोगद्वारा प्रतिवेदन पेश

काठमाडौं । मुस्लिम आयोगले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आर्थिक वर्ष २०८०/०८१ मा सम्पादन गरेका कामहरूको वार्षिक प्रतिवेदन पेश गरेको छ ।

सोमबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले प्रतिवेदन राष्ट्रपति पौडेललाई बुझाएका हुन् ।

राष्ट्रपति पौडेलले संस्कृति व्यक्ति, समुदायको पहिचान र अपनत्व कायम राख्ने महत्वपूर्ण माध्यम रहेको बताएका छन् ।

पौडेलले मुस्लिम आयोगले आफ्नो संवैधानिक र कानूनी दायित्व पूरा गर्ने सन्दर्भमा आफूले गरेका काम कारबाहीहरू समेटेर तयार पारेको प्रतिवेदनमा उठाइएका महत्वपूर्ण विषयलाई सम्बोधन गर्ने विषयमा सरकारले ध्यान दिने बताएका छन् ।

Published : Monday, 2024 October 7, 4:31 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया