भारतद्वारा आपतकालीन राहत सामग्री नेपाललाई हस्तान्तरण
काठमाडौं । भारत सरकारले आपतकालीन राहत सामग्री प्रदान गरेको छ । सोमबार भारत सरकारले ४.२ टनको राहत सामग्री नेपालगन्ज पु¥याएर बुझाएको छ ।
भारतले भएको विशेष कार्यक्रममा राहत सामग्री बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाललाई हस्तान्तरण गरेको भारतीय दूतावासले जानकारी दिएको छ । हस्तान्तरण कार्यक्रममा भारत सरकारका तर्फबाट द्वितीय सचिव नारायण सिंह सहभागी थिए ।
राहत सामग्रीमा टारपोलिन, स्लिपिङ ब्याग, कम्बल, क्लोरिन ट्याब्लेट र पानीका बोतल रहेको भारतीय दूतावासले जनाएको छ ।
दूतावासका अनुसार भारत सरकारले पहिलो खेपमार्फत उक्त राहत सामग्री हस्तान्तरण गरेको हो। अर्को खेमा अत्यावश्यक सरसफाइ सामाग्री र औषधि रहने जनाएको छ । नेपालमा विपत्ति आउँदा भारतले छिमिकी फर्स्टअभियान अन्तर्गत सहयोग गर्दै आएको छ ।
उसले २०७२ को भूकम्पपछि पनि नेपाललाई सबैभन्दा सुरुमा तत्परता देखाएको थियो । २०८० साल कात्तिकमा जाजरकोटमा भूकम्प गएपछि पनि राहत सामाग्री उपलब्ध गराएको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया