ललितपुर र दाङमा जुवातास खेलिरहेको अवस्थामा २१ जना पक्राउ

काठमाडौं । ललितपुरको महालक्ष्मी नगरपालिका–४ शिखर टोल बस्ने ध्रुब रायमाझीको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका–४ केरू टोल बस्ने ३३ वर्षीय कबि नगरकोटी समेत ५ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी प्रभाग इमाडोलबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ३८ हजार १ सय ४० रूपियाँ र १ बुक ताससहित पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।

दाङको दंगीशरण गाउँपालिका–३ रावतगाउँ बस्ने भागीराम चौधरीको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३५ वर्षीय गणेश योगी समेत ११ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ६ हजार ६ सय ५० रूपियाँ र ४ बुक ताससहित पक्राउ गरेको हो ।

दाङकै तुलसीपुर उपमहानगरपालिका–७ गैरापातु बस्ने शिवबहादुर बिकको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका–३ बस्ने ३३ वर्षीय टेकबहादुर बिक समेत ५ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७९ हजार रूपियाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।

Published : Sunday, 2024 October 13, 9:22 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया