सुन तस्करी जाँचबुझ आयोगबाट कारबाही सिफारिस भएका एसपी थापालाई आईजीपी कुँवरद्वारा सम्मानित

काठमाडौं । नेपाल प्रहरीका आईजीपी बसन्तबहादुर कुँवरले सुन तस्करी काण्डमा कारबाही सिफारिस भएका एसपी सञ्जयसिंह थापालाई पुरस्कार दिएर बिबादमा परेका छन् ।

प्रहरी दिवसमा उत्कृष्ट अनुसन्धानकर्ताका रूपमा सम्मानित हुनेमा एसपी थापा परेका छन् । सुन जाँचबुझ आयोगले उनलाई विभागीय कारबाही गर्न सिफारिस गरेको थियो ।

केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी० मा रहँदा गरेको अनुसन्धानका क्रममा त्रुटि गरेको भन्दै विभागीय कारबाहीका लागि सिफारिस गरिएका एसपी थापालाई आईजीपी कुँवरले मंगलबार प्रहरी दिवसको अवसरमा सम्मान गरेका हुन् ।

कारबाही सिफारिसमा परेका बेला एसपी थापा जिल्ला प्रहरी कार्यालय, नुवाकोटमा प्रमुख थिए । पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको आयोगले गृहमन्त्रीलाई प्रतिवेदन बुझाएसँगै उनी नुवाकोट प्रहरी प्रमुखको जिम्मेवारीबाट हटाइएका थिए ।

प्रहरीभित्र थापा पुरस्कृत भएको विषयमा बबाल भएको छ । विभागीय कारबाहीमा परेका एसपी थापालाई पुरस्कार दिएर आईजीपी कुँवरले राम्रो नगरेको चर्चा छ ।

Published : Wednesday, 2024 October 16, 12:42 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया