पूर्वराजा शाहसँग लिङ्देन टीका लगाउन पनि गएनन्, अरु नेताहरूलाई पनि जान दिएनन्

काठमाडौं । पूर्वराजाको हातबाट यस वर्ष टीका थाप्नेको घुइँचो लाग्यो तर, अचम्मको कुरा, धर्म सँस्कृति परम्पराको बखान गर्ने र राजसंस्था फर्काउने लक्ष्य राख्ने दल राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन कतै देखा परेनन् । निर्मल निवास आफूमात्र गएनन्, राप्रपाका अरू नेतालाई पनि जान दिएनन् ।

एकैदिन दुई/तीन उडान भरेर ठाउँठाउँ पुग्ने लिङ्देन वर्ष दिनको चाड मान्न झापाबाट काठमाडौं आएनन् । लिङ्देन मात्र होइन उनीनिकट राप्रपाका धेरै नेता सांसदहरू निर्मल निवासबाट यसपाली टाढै बसे । विगत वर्षहरूमा राजाको हातबाट नियमित टीका लगाउनेहरू समेत´, सुत्रका अनुसार, पार्टी हाइकमाण्डको दवाबमा निर्मल निवास गएनन् ।´

‘झापामा झिंगा मारेर बस्नुभन्दा राप्रपा अध्यक्ष लिङ्देन दशैंमा काठमाडौं आउनुपर्थ्यो । बिहान टीका लगाएर प्लेन चढेर राजधानी आउन के गाह्रो ? एकै दिन विराटनगर काठमाडौं, पोखरा चितवन, जनकपुर, झापा आहोरदोहोर गर्न सक्ने, देशविदेश प्लेनमा उड्न सक्ने तर वर्ष दिनको चाड मान्न काठमाडौं आउन नसक्ने ? यो साँच्चै अचम्मको कुरा भयो’, सनातन हिन्दू अधिराज्यका अभियन्ता गणेश सुवेदी बताउँछन् ।

‘यस्तैयस्तै रवैयाका कारण लिङ्देनको इमान्दारीमाथि प्रश्न गर्न हामी बाध्य हुन्छौं । यसपटक मात्र हैन कुर्सीको लोभमा प्रचण्ड, ओली र गणतन्त्रको पूच्छर बनेर लिङ्देनले पटकपटक यस्तो खेलबाड र धोकाधडी गरेका छन्,’ उनले भने ।

एकातर्फ राजसंस्था, हिन्दू अधिराज्य पूनःस्थापना गर्ने आन्दोलन कमजोर बनाउन महामन्त्री धवलशम्शेर राणालाई संगठन विभागबाट हटाउनु त्यसको लगत्तै लिङ्देनले राजाको हातको टीका बहिष्कार गर्नु भनेको संयोग मात्र होइन । ‘लिङ्देनको ध्यान कता छ रु उनको कोसँग उठबस छ रु लेखाजोखा गर्नुपर्ने भएको छ,’ राजसंस्था पूनःस्थापना अभियानमा डेढ दशक जोडिएका मोहन ठाकुर भन्छन् ।

निर्मल निवासमा दशैंको टीका थाप्नेहरूले हामीसँग गुनासो गरेझैं यसपाली लिङ्देन निकट मानिएका नेताहरू बुद्धिमान तामाङ, ज्ञानेन्द्र शाही, रोशन कार्की, ध्रुव प्रधान, बिना लामा कसैले राजाको हातको टीका लगाएनन् । जब भने निर्मल निवासमा बडा दशैंको टीका लगाउने सर्वसाधारणको घुइँचो थियो ।

विगतमा पूर्वराजा भेट्न जाँदा राप्रपाका अरू नेताहरूले दौरा सुरुवाल लगाए पनि लिङ्देनले दौरा सुरुवाल नलगाएर शिष्टाचारको सम्मान नगरेको भनेर चर्को आलोचना भएको थियो । त्यसैले लिङ्देनले राजा आएपछि मात्र दौरा सुरुवाल लगाउँछु भनेर घोषणा गरे । तथापि आफ्नो कुरा आफैं काट्दै ठिक तीन दिनमा दौरा सुरुवाल लगाएर संसदमा पुगे ।

त्यसो त पाथीभरा, भद्रकाली जस्ता मठमन्दिर देवीदेवता भाखेर कसम तोड्ने नेताका रूपमा लिङ्देनको छवी बनेको छ । आमाको रगत खाने कसम समाजमा फितलो हुन थालेको छ ।

क्यान्सर उपचार गर्न भारतमा रहेका महामन्त्री राणालाई विधान मिचेर पदच्यूत गरेको, पुराना नेता कार्यकर्तालाई रोक्ने, भित्तामा पुर्याउने काम गरेको, एकलौटी गरेर पार्टीलाई विभाजनतर्फ लगेको, पार्टीलाई कमाइ खाने भाँडो बनाएको, लेबी दुरुपयोग गरेको, पार्टीलाई कार्यक्रम शून्यको अवस्थामा लगेको लगायतका आरोप लिङ्देनमाथि छ । यस्तै माहोलबीच बरू पहिलेकै अध्यक्षहरूको काम धेरै ठिक भनेर राप्रपामा कार्यकर्ताहरू भन्न थालेका छन् ।

Published : Thursday, 2024 October 17, 9:29 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया