रवि लामिछाने पक्राउ पर्ने चर्चा चलेका बेला प्रचण्डद्वारा विपक्षी दलका नेताहरूसंग छलफल

काठमाडौं । सरकारलाई गर्न प्रमुख प्रतिपक्षी दल नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रास्वपाका सभापति रवि लामिछाने लगायतका दलका नेताहरूसँग छलफल गरेका छन् ।

शुक्रबार नयाँ बानेश्वरमा अध्यक्ष दाहालले लामिछाने लगायतसंग छलफल गरेका हुन् । सहकारीको करोडौं रकम अपचलन र ठगीमा कारबाही सिफारिस भएका लामिछानेसंग छलफल गरेका छन् । लामिछानेलाई पक्राउ गरेर प्रहरीले सहकारी काण्डमा छानबिन र कारबाहीको तयारी गरिरहेका बेला दाहालले लामिछाने लगायत प्रतिपक्षमा रहेका दलका नेताहरूसंग छलफल गरेका हुन् ।

प्रतिपक्ष दलहरूको बैठक अध्यक्ष दाहालले आह्वान गरेका हुन् । बैठकमा दाहाल र लामिछानेले सरकारको आलोचना पनि गरेका छन् ।

बैठकमा दाहालसहित नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, लोसपा अध्यक्ष महन्थ ठाकुर, माओवादी नेता शक्ति बस्नेत सहभागी थिए ।

प्रधानमन्त्री केपी ओलीको दल एमालेले विवादास्पद व्यवसायी मीनबहादुर गुरुङबाट पार्टी भवन निर्माणकालागि १० रोपनी १४ आना जग्गा दान लिएको विषयलाई लिएर राजनीति तर‌ङ्गीत रहेका बेला दाहाल र लामिछानेले प्रतिपक्ष दलको बैठक बोलाएर सरकारलाई घेराउ गर्न खोजेका छन् ।

Published : Friday, 2024 October 18, 10:45 am

फेसबुकबाट तपाईको प्रतिक्रिया