अभिनेत्री मलाइकाले अर्जुनलाई पनि छाडिन्

मुम्बई । बलिउड अभिनेता अर्जुन कपूर र अभिनेत्री मलाइका अरोराले आफ्नो प्रेम सम्बन्ध टुंगाएका छन् ।

मलाइकाले भनेकी छिन्, ‘मैले व्यक्तिगत र पेशागत जीवनमा जे छनोट गरें । त्यसलाई मैले जीवनको आकार दिएकी छु । मलाई कुनै पछताव छैन ।’

‘म आफूलाई भाग्यशाली महसुस गर्छु कि चीज जस्तो थियो त्यस्तै देखिएको छ’, मलाइकाले भनेकी छिन् ।

अर्जुन र मलाइकाको सम्बन्धको चर्चा सन् २०१८ देखि सुरू भएको थियो ।

मलाइकाको ४५औं जन्मदिनमा उनीहरूले सम्बन्धलाई पुष्टि गरेका थिए । त्यसपछि उनीहरुले एकअर्काको परिवारसँग समय बिताउन थाले ।

अभिनेता अर्जुन कपूरले आफ्नो प्रेम जीवनलाई अलगस्तरमा लैजाने योजना भइरहेको बताएका थिए । एजेन्सी

Published : Friday, 2024 October 18, 11:08 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया