दुई केटाहरु ल्याएर पतिद्वारा आफ्नै पत्नीलाई सामूहिक बलत्कार

हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिकामा ५० वर्षीया महिलामाथि सामूहिक बलात्कार भएको घटनामा आफ्नै पति पक्राउ परेका छन् ।

पीडित महिलाले कात्तिक १ गते जिल्ला प्रहरी कार्यालय मकवानपुरमा दिएको उजुरीको आधारमा उनका श्रीमान पक्राउ परेका छन् ।

असोज ३० गते मनहरी गाउँपालिका–५, स्थित आफ्नै घरमा महिलामाथि उनका श्रीमान र दुई किशोरले सामूहिक बलात्कार गरेको उजुरी परेको मकवानपुरका प्रहरी प्रमुख (एसपी) विश्वराज खड्काले बताएका छन् ।

रातिको समयमा ६० वर्षीय श्रीमान र १९, २० वर्षका दुई युवाले आफूमाथि सामूहिक बलात्कार गरेको पीडित महिलाले प्रहरीमा उजुरी दिएकी थिइन् ।

प्रहरीले श्रीमानलाई कात्तिक १ गते पक्राउ गरेर शुक्रबार मकवानपुर जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरेको छ । आरोपित दुई युवा भने फरार रहेका छन् ।

पीडित महिलाले दुई किशोरको अन्दाजी उमेर १९ र २० वर्ष हुनसक्ने बताए पनि पहिचान गर्न नसकेको बताएकी छिन् ।

पीडित महिलालाई हेटौंडास्थित महिला सेफ हाउसमा राखिएको छ । उनको स्वास्थ्य अवस्था ठीक रहेको छ । पीडित महिलाले ३ वर्षअघि मात्रै दोस्रो विवाह गरेकी थिइन् ।

Published : Saturday, 2024 October 19, 10:02 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया