देउखुरीमा ५५ वर्षीया महिलालाई जबरजस्ती करणी

मसुरिया । दाङको देउखुरीमा महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

५५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा गढवा गाउँपालिका–१ बडहरा बस्ने ६४ वर्षीय काशिराम नेपालीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

नेपालीले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय गढवा र अस्थायी प्रहरी पोष्ट कालाकाटेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

जबरजस्ती करणी गरेको घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

Published : Sunday, 2024 October 20, 10:20 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया