सहकारी ठगी काण्डको अनुसन्धानमा रविजीले सहयोग गर्नुपर्छ : प्रचण्ड

नेपालगञ्ज । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदीय छानविन समितिले दिएको प्रतिवेदनअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पक्राउ गरी अनुसन्धान गरिनु स्वभाविक भएको बताएका छन् ।

सोमबार बिहान नेपालगञ्ज विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै दाहालले प्रतिवेदनले सिफारिस गरेका अन्य दोषी भनिएकाहरूलाई पनि छानविनका लागि सरकारले पक्राउ गर्नुपर्ने बताए ।

रास्वपाका सभापति लामिछानेलाई माओवादीका अध्यक्ष दाहालले पनि काँध नथाप्ने संकेत गरेका छन् । काण्डै काण्ड लागेर विवादमा परिरहेका लामिछाने सहकारीको करोडौं रकम अपचलन प्रकरणमा पक्राउ परेका बेला अनुसन्धानमा सहयोग गर्न सुझाव दिएका छन् ।

रास्वपाका नेता, कार्यकर्ता र सांसदहरू सहकारी ठगका आरोपी लामिछानेलाई बचाउन पोखरामा प्रदर्शन गर्दै आएका छन् । सुशासनको नारा लगाएर निर्वाचन जितेर आएका रास्वपाका नेताहरू सहकारी ठगका आरोपीलाई बचाउन नारावाजी र प्रदर्शनमा उत्रिएपछि धेरैले रुचाएका छैनन् ।

सभापति लामिछानेको बारेमा अदालतले निर्णय गर्ने र लामिछाने स्वयंले अनुसन्धानमा सहयोग गर्ने प्रतिवद्धता जनाएकाले यसलाई सहज रुपमा लिनुपर्ने अध्यक्ष दाहालले बताएका छन् ।

Published : Monday, 2024 October 21, 1:44 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया