नेपालसँग माल्दिभ्स पराजित, रेखाद्वारा ५ गोल प्रहार

काठमाडौं । नेपालले साफ महिला च्याम्पियनसिप अन्तर्गत समूह ‘बी’ को दोस्रो खेलमा माल्दिभ्सविरुद्ध फराकिलो जित निकालेको छ ।

सोमबार साँझ दशरथ रङ्गशाला, काठमाडौंमा भएको खेलमा नेपालले माल्दिभ्सलाई ११–० गोलले हराएको छ ।

एकपक्षीय खेलमा नेपाललाई जिताउन रेखा पौडेलले ५, प्रीति राईले ३ तथा सविता राना मगर, अनिता केसी र अमिशा कार्कीले १÷१ गोल गरेका छन् ।

सजनी थोकरले माल्दिभ्सविरुद्ध खेल्दै नेपाली राष्ट्रिय महिला फुटबल टोलीबाट डेब्यु गरेकी छिन् । रजनीले ६६औँ मिनेटमा गीता रानाको स्थानमा मैदान प्रवेश गरेकी छिन् ।

जितसँगै २ खेलबाट ४ अंक बनाएको नेपाल समूहको शीर्षस्थानमा उक्लिएको छ ।

नेपाल समूहको पहिलो खेलमा भुटानसँग १–१ गोलको बरबरीमा रोकिएको थियो । समान ४ अंक बनाएको भुटान दोस्रो स्थानमा छ ।

सोमबार भएको खेलमा भुटानले श्रीलङ्कालाई ४–१ गोलले हराएको छ ।

२ खेलबाट ३ अंक बनाएको श्रीलङ्का तेस्रो स्थानमा छ । लगातार दोस्रो हार खेपेको माल्दिभ्स प्रतियोगिताबाट बाहिरिएको छ ।

अब अन्तिम खेलमा नेपालले श्रीलङ्कासँग बराबरी गरेपनि सेमिफाइनलमा प्रवेश गर्नेछ । समूह विजेताको लागि भुटानको नतिजा पर्खनु पर्ने हुन्छ ।

Published : Monday, 2024 October 21, 8:31 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया