दश लाख पुरस्कारसहित गणेशमान टेनिस प्रतियोगिता

काठमाडौं । वीर गणेशमान सिंह फाउन्डेसन र वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीको संयुक्त आयोजनामा चौथो वीर गणेशमान सिंह राष्ट्रिय खुला टेनिस प्रतियोगिता शुरु भएको छ ।

सोमबारदेखि प्रतियोगिता ललितपुरमा शुरु भएको छ । प्रतियोगिताको ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा कांग्रेस नेतृ एवम् स्व.गणेशमान सिंहकी बुहारी पनि सहभागी थिइन् ।

प्रतियोगितामा सिनियर, जुनियर र भेट्रान गरी जम्मा २४ स्पर्धामा प्रतिस्पर्धा भइरहेको छ । करिब १ सय ५० खेलाडीको सहभागिता रहेको प्रतियोगिता सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा शनिबारसम्म चल्नेछ ।

नेपाली टेनिसको इतिहासमा यो सर्वाधिक पुरस्कार राशीको प्रतियोगिता हो । कुल पुरस्कार राशी ९ लाख ३२ हजार ३ सय ७५ रुपियाँ रहेको छ । पहिलो दिन विभिन्न स्पर्धाका ५० खेल सम्पन्न भएका छन् ।

Published : Tuesday, 2024 October 22, 6:33 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया