ज्यान मार्ने उद्योगमा वारदात गरेर फरार दुई जना हेटाैँडामा पक्राउ

हेटौँडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले ज्यान मार्ने उद्योगका फरार दुईजना प्रतिबादीलाई पक्राउ गरेको छ ।

भदौ ९ गते हेटौँडामा नेपाल पास्ता फुड प्रा.लि.का संचालक बाबुकृष्ण प्रसाईं र चित्र प्रसाईंलाई कुटपिट गरी वारदात पश्चात फरार रहेका ज्यान मार्ने उद्योगका प्रतिबादीहरूलाई पक्राउ गरिएको प्रहरीले विज्ञप्तिमार्फत जनाएको छ ।

हेटौँडाको वडा नं. १० बस्ने वर्ष ४८ को सानु लामा भन्ने सानुकुमार लामा र हेटौँडाको वडा नं. ८ बस्ने तोईसाङ लामा बललाई खोजतलास गर्ने क्रममा कात्तिक ६ गते राति पक्राउ गरिएको छ ।

हेटौँडाको वडा नं. ४ बाट प्रतिबादी सानु लामा भन्ने सानुकुमार लामा र वडा नं. ८ बाट तोईसाङ लामा बललाई पक्राउ परेका हुन् ।

दुबै जनालाई प्रहरीले मकवानपुर जिल्ला अदालत हेटौँडाबाट ज्यान मार्ने उद्योग कसूरमा ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जनाएको छ ।

Published : Thursday, 2024 October 24, 12:30 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया