सशस्त्रको ज्वालामाई गण, पुल्चोकका २ हवल्दार २ बालिका बलत्कार प्रकरणमा पक्राउ

मसुरिया । दाङको भालुबाङ (पुल्चोक)मा रहेको सशस्त्र प्रहरी बल नेपालको ज्वालामाई गणका दुई जना सशस्त्र प्रहरी सहायक हवल्दारहरू २ बालिका बलत्कारको अभियोगमा पक्राउ परेका छन् ।

ज्वालामाई गण नजिकै डेरागरी आमासँग बस्दै आएकी ८ वर्षीया बालिका र १४ वर्षीया बालिकालाई पिङ खेल्न गएका बेलामा कोठामा ल्याएर सशस्त्र प्रहरीका सहायक हवल्दारद्वय भरत रोका मगर र रेवन पचभैया मगरले बलत्कार गरेको अभियोगमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पीडितको जाहेरीपछि जिल्ला प्रहरी कार्यालय दाङले सशस्त्र प्रहरीका सहायक हवल्दार भरत र रेवनलाई पक्राउ गरेको छ ।

सशस्त्र प्रहरी बल नेपालका केन्द्रीय सहायक प्रवक्ता (डीएसपी) शैलेन्द्र थापाले दुई बालिका बलत्कारको आशंकामा अनुसन्धानका लागि सशस्त्र प्रहरी सहायक हवल्दारद्वय भरत र रेवनलाई अनुसन्धानका लागि प्रहरीमा बुझाइएको बताएका छन् ।

दशैँभन्दा अगाडि असोज २४ गते पिङ खेल्न गएका ८ वर्षीया र १४ वर्षीया बालिकालाई सशस्त्र प्रहरी सहायक हवल्दारद्वय भरत र रेवनले बलात्कार गरेको प्रारम्भीक अनुसन्धानबाट खुलेपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको छ ।

सशस्त्र प्रहरीका कर्मचारीहरूले बालिकाहरूलाई बलात्कार गरेको भन्दै स्थानीयले बुधबार सशस्त्र प्रहरीको ज्वालामाई गणलाई घेराउ गरेका थिए । पीडितका आफन्त र स्थानीय बलत्कारमा संलग्नलाई कारबाहीको माग गरेर चरणबद्ध आन्दोलन गर्दै आएका थिए ।

ज्वालामाई गणका प्रमुख (एसपी) रमेश थापाले दुई बालिका बलत्कार प्रकरणमा प्रहरीलाई असहयोग गरेका थिए । पीडितपक्षले आन्दोलन चर्काएपछि बाध्य भएर दुई सहायक हवल्दारहरूलाई प्रहरीसमक्ष अनुसन्धानका लागि बुझाएका छन् । सशस्त्र प्रहरीका एसपी थापाले बलत्कारको घटनालाई लुकाउन ठूलो प्रयास गरेको अभियोग लागेको छ ।

Published : Thursday, 2024 October 24, 7:14 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया