लालझडीमा श्रीमान र श्रीमतीको शव घरको आँगनमा फेला

महेन्द्रनगर । कञ्चनपुरको लालझाडीमा श्रीमान र श्रीमतीको शव फेला परेको छ ।

लालझाडी गाउँपालिका वडा नम्बर १ बिनवारी बस्ने ४६ वर्षीय रमेश वडायक र उनकी पत्नी ४३ वर्षीया कमला वडायकको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता उमेश जोशीले बताएका छन् ।

जोशीका अनुसार शुक्रबार बिहान राना दम्पतीको शव घरको आँगनमा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीले अहिले घटनास्थलमा पुगेर अनुसन्धान शुरु गरेको छ । घटनस्थलको अवस्था हेर्दा हत्या भएको हुनसक्ने आशंका प्रहरीको छ ।

Published : Friday, 2024 October 25, 10:08 am

फेसबुकबाट तपाईको प्रतिक्रिया