रुसको जासुस ह्वेल मृतावस्थामा फेला

लण्डन । नर्वेको तटनजिक समुद्रमा रुसी जासुस ह्वेल मृतावस्थामा फेला परेको छ ।

रुसी सेनाले ह्वेललाई तालिम दिएको आशंका गरिएको छ । ह्वेललाई रुसद्वारा जासुसी गर्न प्रयोग भएको आशङ्का छ । ह्वेलको ह्वाल्दिमिर राखिएको थियो । ह्वेल दक्षिण पश्चिमी नगर रिसाभिका नजिकै समुद्रमा भेटिएको थियो ।

ह्वेललाई परीक्षणका लागि नजिकैको बन्दरगाहमा लगिएको छ । यो ह्वेल नर्वेको समुद्रमा ५ वर्षअघि पहिलोपटक देखा परेको थियो ।

ह्वेलको टाउकोमुनि एउटा पट्टी बाँधिएको थियो । त्यसमा ‘गोप्रो’ क्यामरा जडान गरिएको छ । पट्टीमा ‘सेन्ट पिटर्सवर्गको उपकरण’ लेखिएको थियो । त्यसपछि ह्वेललाई जासुस हुन सक्ने चर्चा भएको थियो ।

ह्वेल मृत्युको कारण थाहा भएको छैन । त्यसको शरीरमा देखिने खालको कुनै चोटपटक पनि देखिँदैन । ह्वाल्दिमिरको उमेर १५ वर्ष भएको अनुमान गरिएको छ । ह्वेल ६० वर्षसम्म बाँच्न सक्छ ।

Published : Friday, 2024 October 25, 10:49 am

फेसबुकबाट तपाईको प्रतिक्रिया