नेविसंघद्वारा इलाका प्रहरी कार्यालय घेराउ, दोषीलाई कारबाहीको माग

लहान । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले कुटपिटमा संलग्न दोषीलाई कारबाहीको माग गर्दै सिरहाको लहानमा प्रदर्शन गरेको छ ।

शुक्रबार बिहान नेविसंघले इलाका प्रहरी कार्यालय लहान अगाडि दोषीलाई कारवाहीको माग गर्दै प्रदर्शन गरेको छ । नेविसंघले १ घण्टा पूर्वपश्चिम महेन्द्र राजमार्गमा चक्काजाम पनि गरेको छ । दोषीलाई कारवाही नभए चरणबद्ध आन्दोलन गर्ने नेविसंघको चेतावनी छ ।

नेविसंघका जिल्ला सदस्यलाई कुटपिट भएको घटनाका दोषीलाई कारबाहीको माग गर्दै सिरहाको लहानमा प्रदर्शन भएको छ । प्रहरीले दोषीलाई कारवाही नगरेपछि नेविसंघ सिरहा आन्दोलन गरेको जनाएको छ ।

कार्तिक ३ लहान नगरपालिका–१९ का नेविसंघ संघ जिल्ला सदस्य सन्तोष यादव ‘बुच्चा’लाई केही युवाको समूहले कुटपिट गरेका थिए ।

यादवलाई घरमै प्रवेश गरि कुटपिट हुँदा पनि प्रहरीले आरोपितलाई कारवाही नगरेको नेविसंघले जनाएको छ । कुटपिटमा लग्नहरूलाई कारबाहीको माग गर्दै आन्दोलन गर्नुपरेको नेविसंघका जिल्ला अध्यक्ष पप्पु यादवले बताए । प्रहरीले अन्य राजनीति दलका नेताको दबाबमा आरोपितलाई संरक्षण गरेको अध्यक्ष यादवको आरोप छ ।

Published : Friday, 2024 October 25, 11:29 am

फेसबुकबाट तपाईको प्रतिक्रिया