प्रचण्डलाई गोकुल बास्कोटाले भने– असला माछा पाउन त ढोक्सा थाप्न पर्छ

काठमाडौं । एमालेका नेता गोकुल बास्कोटाले नेकपा (माओवादी केन्द्र)ले गर्न लागेको आन्दोलनबाट सरकार नढल्ने बताएका छन् ।
शुक्रबार सामाजिक सञ्जालमार्फत उनले सरकार ढाल्नका लागि आन्दोलन होइन ढोक्सा थाप्न माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सुझाव दिएका छन् ।

उनले भने, ‘तिहारको मुखमा माओवादीले आन्दोलनको फुर्लुङ बोकेर हिड्ने भएछ । आजभोलि सीमखेततिर हिले माछा मात्र पाइने समय हो है ।’

‘असला माछा पाउन त ढोक्सा थाप्न पर्छ । कुन संकट देखे छ र बल्छी बोकेको बुझिएन’, एमाले नेता बास्कोटाले भने ।

‘हुने चाहिँ ओलीलाई सराप्दै तिहारको मरमसला लिएर घर जाने मात्र हो’, पूर्वमन्त्री समेत रहेका नेता बास्कोटाले भनेका छन् ।

Published : Friday, 2024 October 25, 8:44 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया