भक्तपुर कांग्रेसको किल्ला हो, नारायणमान र नेमकिपाबाट जनताले दुःख पाए : सभापति दुर्लभ थापा
भक्तपुर । नेपाली कांग्रेस भक्तपुरका सभापति एवम् प्रतिनिधि सभाका सांसद दुर्लभ थापाले भक्तपुरमा नेपाल मजुर किसान पार्टी र नारायणमान बिजुक्छबाट जनताहरू दुःख पाइरहेको बताएका छन् ।
शनिबार भक्तपुरमा भक्तपुर कांग्रेसले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै सभापति थापाले बाहिरबाट हेरेको जस्तो भक्तपुरमा नारायणमान र नेमकिपाको केही नरहेको बताए । उनले भने, ‘भक्तपुर बाहिरबाट हेर्दै गर्दा नारायणमान अथवा मजदुर किसान पार्टीको भनिन्छ । वास्तवमा त्यो परिस्थिति छैन ।’
‘केन्द्रीय नेताहरू चाहे नेपाली कांग्रेसका होस् र अरु पार्टीका नेताहरू हिँड्दै गर्दा पनि भक्तपुर नारायणमानको किल्लाको रुपमा लिइन्छ’, सभापति थापाले भने, ‘यो भक्तपुर नारायणमानको किल्ला होइन । नारायणमानका क्रियाकलापले भक्तपुरका जनताहरूले सधैँ दुःख पाइरहेको परिस्थिति छ ।’
सभापति थापाले भने, ‘आज हामी जुन प्राङ्गणमा कार्यक्रम गर्दै छौँ । यो भक्तपुर क्याम्पस, नेपाल सरकारको त्रिभुवन विश्वविद्यालयको आङ्गीक क्याम्पसको रुपमा लिइन्छ । यही क्याम्पसमाथि भरखरै भौतिक आमण गरिएको छ ।’
‘एकातिर सरकारी क्याम्पसमाथि आक्रमण गर्ने, अर्कोतिर खोप विश्वविद्यालय पक्षपोषण गर्ने परिस्थिति रहेको छ’, सभापति थापाले नेमकिपा र नारायणमान विजुक्छेबाट शिक्षामा गरिरहेको व्यापारको खुलासा गरिदिए ।
‘भक्तपुरका पुराना स्कुलहरू । पद्म हाइस्कुल होस् । विद्यार्थी निकेतन होस् । शारदा स्कुल होस् । चाहे त्यो सरस्वती विद्यालय किन नहोस् । एकातिर सरकारीलाई धरासयी बनाउने । अर्कोतिर व्यापारको रुपमा खोप कलेज र खोप स्कुलको नाममा जुन खालको राजनीति, कम्युनिस्ट दस्तावेज पढाइदैछ । त्यतातिर हामीले ध्यान पु¥याउनु पर्ने । तमाम पार्टीको यतातिर ध्यानाकर्षण हुनुपर्छ’, थापाले भने ।
सभापति थााले विगतमा भक्तपुरमा केही कमिकमजोरी भएको स्वीकार गर्दै त्यसको जिम्मेवारी आफूले लिएको बताए ।
उनले भने, ‘विगतमा केही गल्ती कमजोरी भएको हो । ०७४ सालको निर्वाचनमा तयारीका साथ अगाडि बढ्दै गर्दा १ नम्बरको पार्टी बनाउन सक्यौँ । अनुभूति हुँदा कांग्रेसका नेता कार्यकर्ता एक भएर आउँछौँ । एकताका साथ अगाडि बढ्छौँ । भक्तपुरको एउटा क्षेत्र मात्रै होइन । सबै नगरपालिका जित्ने गरेर काम गर्छौं ।’
सभापति थापाले भने, ‘भक्तपुरमा नेपाली कांग्रेसका अग्रजहरूले जुन किसिमको त्याग, तपस्या, योगदान गर्नुभएको छ, ती तमाम अग्रज आदरणीय नेताहरूलाई म स्मरण गर्न चाहन्छु ।’
‘उहाँहरूकै प्रेरणाले आज हामी यो स्थानसम्म आइपुगेका छौँ । ती महान नेताहरूप्रति म हार्दिक आभार व्यक्त गर्न चाहन्छु’, थापाले भने, ‘हामीले हाम्रा अग्रज नेताहरूलाई यस्ता कार्यक्रमहरूमा सम्झिना सकेनौँ भने भविष्यमा पनि हामीलाई हामीपछिका आदरणीय साथीहरू जो राजनीतिमा क्रियाशील हुनुहुन्छ ती साथीहरूलाई हामीले यी कुरा सिकाउनु पर्छ ।’
थापाले भने, ‘पूर्वपार्टी सभापति गणेशमान चक्रधर सभापति रहेकै बेलादेखि हामीले ‘जय नेपाल’ समारिका प्रकाशन गर्दै आएका छौं ।’
‘स्मारिका निकाल्दै गर्दा कहिँ कतै, गल्ती कमिकमजोरी छभने आगामी त्यसलाई सच्याएर हामी अगाडि बढ्ने छौँ’, सभापति थापाले भने, ‘
कार्यक्रममा सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा प्रमुख अतिथिका रुपमा रहेका थिए । सभापति थापाले भक्तपुरमा नारायणमान विजुक्छेको किल्ला हो भनेर राखिएको जिज्ञासामा सभापति थापाले भक्तपुर कांग्रेसको किल्ला रहेको बताएका थिए ।
कार्यक्रममा नेपाली कांग्रेसका सह–महामन्त्री समेत रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, नेपाली कांग्रेस बागमतीका सभापति ईन्द्रबहादुर बानियाँ, कांग्रेसका केन्द्रीय सदस्यद्वय मदनकृष्ण श्रेष्ठ र बलबहादुर केसी लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा स्वागत मन्तव्यका क्रममा सभापति देउवासँग स्थानीय नेताहरूले आगामी मन्त्रिपरिषदमा सांसद समेत रहेका सभापति थापालाई मन्त्री बनाउन आग्रह गरेका थिए । उनीहरूले विगतमा थापालाई मन्त्री बनाउने भनेर सभापति देउवाले दिएको आश्वासनको स्मरण गराएका थिए ।
बागमती कांग्रेसका सभापति बानियाँले पनि भक्तपुर कांग्रेसका सभापति थापालाई निकट भविष्यमा सभापति देउवाले मन्त्री बनाउने र त्यसका लागि धैर्यता राख्न आग्रह गरेका थिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया