सैनिक श्रीमती संघकी अध्यक्ष निताद्वारा पुरस्कार र छात्रवृत्ति वितरण
काठमाडौं । सैनिक श्रीमती संघ (नेपाली सेना)को ४१ औं वार्षिकोत्सव सम्पन्न भएको छ ।
जङ्गी अड्डा भद्रकालीमा बिहीबार बिविध कार्यक्रमहरूको आयोजना गरि सम्पन्न भएको छ ।
वार्षिकोत्सवको अवसरमा सैनिक श्रीमती संघकी अध्यक्ष निता क्षेत्री सिग्देलले विधिवत रुपमा पूजा अर्चना तथा झण्डोत्तोलन गरेकी छिन् ।
संघले सम्पादन गर्दै आएका विभिन्न किसिमका कल्याणकारी कार्यहरूका बारेमा समेत उनले जानकारी गराएकी छिन् ।
प्रधान सेनापति अशोकराज सिग्देल र संघकी अध्यक्ष निता क्षेत्री सिग्देलले संघको वार्षिक मुख पत्र सेवा सुमनको संयुक्त रुपमा विमोचन गरेका छन् ।
प्रकाशित उत्कृष्ट लेख रचनाका सर्जकहरूलाई पुरस्कृत गरिएको छ । सैनिक महाविद्यालयहरूमा अध्ययनरत सकलदर्जाका जेहेन्दार छात्र छात्रा तथा फरक क्षमता भएका बालबालिकाहरूलाई पुरस्कार तथा छात्रवृत्ति प्रदान गरिएको विज्ञप्तिमा उल्लेख छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया